मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले देसाईलाई नियुक्त गर्न स्वीकृति दिएपछि उनी नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षब बनेका छन्।
क्यानले स्वीकृति नदिए पनि देसाईले कन्ल्टट्यान्टका रुपमा गत सातादेखि नै नेपाली टिमलाई प्रशिक्षण दिइरहेका छन्।
करिब एक महिना लामो प्रक्रिया पूरा गरी युवा तथा खेलकुद मन्त्रालयले देसाईलाई नियुक्त गर्न बाटो खोले पछि राखेपले क्यानलाई स्वीकृति दिएको हो।
राखेपको स्वीकृतिसँगै देसाईले अब मुख्य प्रशिक्षकका रुपमा राष्ट्रिय टिमलाई प्रशिक्षण दिने छन्। क्यान र देसाईबीच औपचारिक सम्झौतान भने हुन बाँकी छ।
देसाईकै नेतृत्वमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्दैछ ।
क्यानको खेलाडी छनोट समितिले २४ पुसमा राष्ट्रिय टिमको प्रमुख प्रशिक्षकका लागि आवेदन आह्वान गरेको थियो । एक साताको समयमा आवेदन दिएका २४ जनामध्येबाट सर्टलिष्टमा परेका ५ जनाको ४ माघमा अन्तर्वार्ता लिइएको थियो ।
आवेदन दिएकामध्ये भारती प्रशिक्षक मोन्टी देशाई, नेपालकै पूर्व प्रशिक्षक अस्ट्रेलियाली डेभ ह्वाटमोर, श्रीलंकाका महान बलर धम्मिका प्रसाद, बंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्युजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनलसँग अन्तर्वार्ता लिएको थियो ।
त्यसबाट छनोट समितिले लामो समयदेखि नेपाली क्रिकेटलाई नजिकबाट निहालिरहेका देसाईलाई मुख्य प्रशिक्षक बनाउन सिफारिस गरेको थियो । उमेरसमूह तथा सिनियर राष्ट्रिय टिममा विभिन्न सल्लाहकार भूमिकामा सन् २०१४ देखि नै नेपाल क्रिकेटसँग जोडिएका छन्।
भारतका लागि १ टेस्ट र १ एकदिवसीय खेलेका देसाईले क्यानडाको मुख्य प्रशिक्षकका रुपमा काम गरको छन् भने अफगानिस्तानको ब्याटिङक प्रशिक्षकका रुपमा पनि काम गरेका छन्। यस्तै, उनीसँग इंन्डियन प्रिमियर लिग आईपिएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षकका रुपमा काम गरेको अनुभाव पनि छ।