°
, June 1, 2023 in
0

मोर्गन र कमिन्स चम्किँदा कोलकाता विजयी, राजस्थान प्लेअफमा पुग्न असफल

SHARE:

कप्तान इयान मोर्गन ब्याटिङमा र पाट कमिन्स बलिङमा चम्किएपछि युएईमा जारी आईपिएलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । आइतबार राति भएको खेलमा मोर्गन र कमिन्स चम्किएपछि कोलकाताले लिगको अन्तिम खेलमा राजस्थान रोयल्सलई ६० रनले पराजित गरेको छ।

यो जितसँगै कोलकाताको प्लेअफ पुग्ने सम्भावना कायमै छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोर तथा मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलपछि कोलकाता प्लेअफ पुग्ने–नपुग्ने टुंगो लाग्ने छ । यता, कोलकातासँगको हारसँगै राजस्थान भने प्लेअफ पुग्न असफल भएको छ । उ १२ अंकसहित पुछारमा रह्यो ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । राजस्थानका जोश बट्लरले सर्वाधिक ३५ रन बनाए भने राहुल तेवातिया र ३१ र श्रेयस गोपालले २३ रन बनाए । राजस्थानलाई सस्तैमा समेट्ने क्रममा कमिन्सले ४ विकेट लिए भने शिवम् मावी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे ।

यस्तै शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए । बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक त्यागीले २ विकेट लिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *