विश्वकपमा मोरक्कोले एउटा इतिहास बनाइसकेको छ। कतार विश्वकपको क्वार्टरफाइनलमा पोर्चुगललाई १–०ले हराएसँगै उ विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्यो।
सेमिफाइनलसम्मको यात्रामा मोरक्कोले गज्जबको फुटबल खेलेको छ, टिमका रुपमा । र, उसले दाबेर मानिएका टिमलाई पाखा लगाएको छ।
डिफेन्समा मोरक्को प्रतियोगितकै बलियो टिम हो। सेमिफाइनल यात्रामा कुनैपनि विपक्षीले एकै गोल गर्न नसक्नु त्यसको उदाहारण हो।
मोरक्को टिमको डिफेन्सको नेतृत्व कप्तान रोमाइन सइसले गर्छन्। उनलाई जवाद अल यामिक, अचरफ हाकिमी र याही यात्तिह अल्लाह र नाउसाइर मज्रावीको साथ छ। सँगै गोलपिकर यासिन बोनोको भूमिका त अझै महत्वपूर्ण छ।

प्रतियोगितामा मोरक्को टिमले ४ क्लिनसिट राखेको छ। उसले समिफाइनल यात्रामा एक गोल मात्र खाएको छ, त्यो पनि अत्मघाती ।
वालिद रेग्रागुइको टिमले पहिलो खेलमा क्रोएसियासँग २–२ गोलको बराबरी खेलेको थियो। दोस्रो खेलमा बेल्जियमाथि २–०को जित निकालेको उसले समूहको अन्तिम खेलमा क्यानडामाथि २–१को जित निकालेको थियो।
यस्तै, समूहको विजेताका रुपमा अन्तिम १६मा पुगेको मोरक्कोल यो पटक बलियो स्पेनलाई पाखा लगायो । निर्धारित समय र थप गरिएको ३० मिनेटको समयमा गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा गोलकिपर बोनोले २ प्रहार बताएपछि उ क्वार्टरफाइनल पुग्यो।

क्वार्टरफाइनलमा उसले खतरानाक आक्रमण टिम पोर्चुगललाई पाखा लगायो । पहिलो हाफमै अग्रता लिएको मोरक्कोले दोस्रो हाफमा पुरै डिफेन्सिभ खेल खेल्यो। मोरक्कोको डिफेन्ड यति संगठीत थियो कि पोर्चुगलले ५ स्टाइकर मैदानमा उतार्दा पनि त्यसलाई तोड्न सकेन।
अब उसको भेट सेमिफाइनलमा डिफेन्डिङ च्याम्पिय फ्रान्ससँग हुने छ। यदि फ्रान्सलाई पनि रोक्न सके उसले फेरि नयाँ इतिहास आफ्नो नाममा लेखाउने पक्का छ।