विश्व क्रिकेटमा अहिले एउटा प्रश्न जवर्जस्त रुपमा उठिरहेको छ । विश्वपकको असफलतासँगै भारतीय पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनीले सन्न्यास लिन्छन्, या लिँदैनन् ।
भारत सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै विश्वकपबाट बाहिरएपछि भारतमा धोनीको विरोध भइरहेको छ र, उनले तक्काल सन्न्यास लिनु उचित हुने पनि बताइँदै छ । विश्वकपमा सुस्त गतिमा ब्याटिङ गरेको भन्दै धोनी आलोचित बनिरहेका छन् ।
तर, समर्थकले धोनीको आलोचना गरेपनि उनका सहकर्मी, कप्तान, प्रशिक्षक र भारतीय पूर्वक्रिकेटर भने धोनीको पक्षमा छन् । विश्वकपमा धोनीले परिस्थिति अनुसार ब्याटिङ गरेको उनीहरुको भनाई छ ।
केही समयपछि हुने लागेको वेस्टइन्डिज भ्रमणका लागि घोषित भारतीय टिममा धोनीको नाम समावेश नहुँदा धेरैले धोनीले सन्न्यास लिन लागेका अड्कल काटेका थिए । तर, यी तमाम प्रश्नहरू उठिरहँदा धोनीले तत्कालै सन्न्यास नलिने खबर बाहिर आएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसीआईका एक अधिकारीका अनुसार वेस्टइन्डिज भ्रमणमा धोनीले व्यक्तिगत कारणले आफ्नो नाम हटाएका र तत्कालै सन्न्यास लिने उनको कुनै मनसाय नभएको बताएका छन् ।
ती अधिकारीका अनुसार अर्धसैनिक युनिटको सेवका लागि २ महिना खेलभन्दा बाहिर रहन चाहेको धोनीले विश्वकपअघि नै बिसिसीआईलाई जानकारी गराइसेका थिए । सोही कारण धोनीलाई वेस्टइन्डिज भ्रमणमा सामेल नगरिएको उनले बताए ।
ती अधिकारीले भने, ‘म अहिले तीन चिज बताउन चाहन्छु । धोनीले अहिले नै सन्न्यास लिँदैनन् । आगमी २ महिना उनी अर्धसैनिक युनिटको सेवामा बिताउँदै छन् । त्यो उनले धेरैपहिले नै तय गरिसकेका थिए । धोनीको यो फैसलाका बारेमा मैले कप्तान विराट कोहली र खेलाडी छनोट समितिका प्रमुख एमएसके प्रसादलाई पहिले नै जानकारी गराइसकेको थिएँ ।’