भारतीय पूर्वकप्तन तथा विकेट किपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी लामो समयदेखि क्रिकेटबाट टाढा छन् । धेरै क्रिकेट प्रेमी धोनीलाई पुनः मैदानमा हेर्न चाहन्छन् र उनको हेलोकोप्टर सटमा रमाउन पनि । धोनी आइपिएलमार्फत पुनः क्रिकेटमा फर्किने तयारीमा थिए । आईपिएल मार्फत नै धोनीले राष्ट्रिय टिममा पुनरागमन गर्ने र आगामी टी–२० विश्वकप खेल्ने धेरैको अपेक्षा थियो ।
तर, सर्थककको यो चाहनामा कोरोनाभाइसको महामारीका कारण पुरा नहुने अवस्था पनि सिर्जना हुँदैछ । कोरोनाका कारण आईपिएल पनि अनिश्चित बनेको छ । सँगै राष्ट्रिय टिमको पुनरागमन पनि । क्रिकेटका जानकारहरुले पनि धोनीको राष्ट्रिय टिममा पुनरागमन असम्भव जस्तै भएको बताएका छन् ।
धोनीसँगै लामो समय राष्ट्रियबाट खेलेका पूर्वबलर मोहम्मद कैफ भने फरक धारणा राख्छन् । क्षमता र खेलमा उनको प्रभावका कारण धोनीलाई यति चाँडै साइडलाइनमा राख्न नसकिने धारणा कैफको छ ।
‘धोनीको विकल्प हुनै सक्दैन । उनको स्थानमा धेरै खेलाडीलाई प्रयोग गरिसकियो । तत्कालै केएल राहुल, ऋषव पन्त र सन्जु सामसनले धोनीको स्थान लिन सक्दैनन्,’ हिन्दूस्दात टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘राहुल लामो समय विकेटकिपरको विकल्प होइनन्, उनी पार्टटाइम विकेट किपर मात्र हुन् । भारतीय टिमले एक विकेटकिपरको तयारी गर्नुपर्छ ।’
धोनी सन् २०१९को एकदिवसीय विश्वकपको नयुजिल्यानडविरुद्धको सेमिफाइलनमा पछि मैदानबाट बाहिरै रहे पनि उनले भारतीय टिममा पुनरागमन गर्नेमा कैफ विश्वस्त छन् । कैफले धोनीसँग एक्स फ्याक्टर भएको र उनीसँग खेलको अवस्थालाई बुझ्ने अद्भूत क्षमता भएको पनि बताएका छन् ।
धोनीले भारतका लागि ९० टेस्ट, ३५० एकदिवसीय र ९८ टी–२० खेलेका छन् । जसमा उनले टेस्टमा ४ हजार ८ सय ७६, एकदिवसीयमा १० हजार ७ सय ७३ र टी–२०मा १ हजार ६ सय १७ रन बनाएका छन् ।