माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

Read Time:1 Minute

तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ ।

जी–२ र्‍याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा विभिन्न देशका एक हजार पाँच सय खेलाडीको सहभागिता रहने छ । च्याम्पियनसिपका लागि एक सयभन्दा वढी विदेशी निर्णायकसमेत नेपाल आउने छन् । च्याम्पियनसिप सञ्चालनका लागि दुई करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

वल्र्ड तेक्वान्दो फेडरेसनको वार्षिक क्यालेन्डरमा समावेश च्याम्पियनसिप सन् २०१९ मा आयोजना गर्नुपर्ने थियो । कोरोना महामारीका कारण त्यतिबेला सम्भव नभएपछि यस वर्ष आयोजना गर्न लागिएको हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बीएनए बास्केटबलमा ३८ टिम सहभागी हुने
Next post मकवानपुर गोल्डकपमा दुई विभागीय टिम विजयी
Close