स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित

युएई र ओमानमा संयुक्त रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा अफगानिस्तानले सानदार जित निकालेको छ। सारजाहमा सोमबार भएको सुपर १२को पहिलो खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनको फराकिलो अन्तरलेपराजित गरेको हो।

अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ बलमा अलआउट हुँदै ६० रनमा समेटियो। स्कटल्याण्डका जर्ज मुन्सेले २५ तथा क्रिस ग्रेभिसले १२ र कप्तान कायल कोट्जरले १० रन बनाउँदा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

स्कटल्यान्डको इनिङ ध्वस्त बनाउने क्रममा स्पिनरद्वय मुजिब उर रहमानले ५ तथा राशिद खानले ४ विकेट लिए। मुजिबले ४ओभरमा २० रन खर्चिँदा रसिदले २.२ ओभरमा ९ रन मात्र खर्चिए । यस्तै नभिन उल हकको नाममा १ विकेट रह्यो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो। उसका नाजिबुउल्लाह जाद्रानले ५९ रन बनाउँदा रहमानुल्लाह गुर्बाजले ४६ र हज्रतुल्लाह जाजईले ४४ रन बनाए। स्कटल्याण्डका साफ्यन शारिफले २ तथा जोस डेभि र मार्क वाटले १/१ विकेट लिए।