आकाश माधवालले सानदार बलिङ गर्दै पाँच विकेट लिएपछि लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बई इन्डियन्स आईपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ।
अब मुम्बईले फाइनल प्रवेशका लागि शुक्रबार गुजरात टाइटन्सको सामना गर्ने छ। गुजरात पहिलो क्वालिफायरमा चेन्नईसँग पराजित भएपछि दास्रो क्वालिफायरमा पुगेको हो।
बुधबार चेन्नाइमा भएको खेलमा मुम्बइले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनउ आकाशको घातक बिङपछि १६.३ ओभरमै १०१ रनमा अलआउट भयो ।
लखनउका लागि मार्कुस स्टोइनिसले २७ बलमा सर्वाधिक ४० रन बनाउँदा कायल मेयर्सले १८ र दिपक हुडाले १५ रन जोडे। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
आकाश माधवालले ३.३ ओभरमा पाँच रन मात्र खर्चेर पाँच विकेट लिए। यो टि–२० क्रिकेटको नकआउटको सबैभन्दा उत्कृष्ट बलिङ फिगर हो। यस्तै, क्रिस जोर्डन र पियुष चावलाले समान एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरुन ग्रीनले २३ बलमा सर्वाधिक ४१ रन बनाए भने सूर्यकुमार यादवले २० बलमा ३३ रन जोड्दा तिलक बर्माले २२ बलमा २६ रन बनाए।
यस्तै, नेहाल वडेराले आक्रमक ब्याटिङ गर्दै १२ बलमा २ चौका र २ छक्का प्रहार गरी २३ रन जोडे। लखनउका लागि नवीन उल हकले ४ र यश ठाकुरले तीन विकेट लिए ।