१७ वर्षीय क्रिकेटर यशस्वीले बनाए यस्तो कीर्तिमान

भारतीय युवा ब्याट्सम्यान यशस्वी जैसवालले नयाँ कीर्तिमान बनाएका छन् । भारतमा जारी विजय हजारे ट्रफी क्रिकेट प्रतियोगितमा मुम्बईका १७ वर्षीय ब्याट्सम्यान यशस्वीले दोहोर शतक बनाउँदै कीर्तिमान बनाएका हुन् ।

यशस्वीले बिहीबार बैंग्लोरमा भएको झारखण्डविरुद्धको खेलमा २०३ रनको सानदार इनिङ खेलेका थिए । योसँगै उनी लिस्ट ए क्रिकेटमा दोहोरो शतक बनाउने कान्छा खेलाडी बने । यसक्रममा यशस्वीले ४४ वर्ष पुरानो रेडर्क तोडे ।

दक्षिण अफ्रिकाका एलेन बैरोवले सन् १९७५ मा २० वर्ष २७५ दिनमा दोहोरो शतक प्रहार गर्दै लिस्ट एमा दोहोरो शतक बनाउन कान्छा खेलाडीको रेकर्ड बनाएका थिए । यशस्वी १७ वर्ष २९२ दिनका मात्र भए ।

यसैगरी यशस्वी लिस्ट एमा दोहोरो शतक बनाउने नवौं भारतीय क्रिकेटर पनि बनेका छन् । भारतीय खेलाडीले लिस्ट एमा बनाएको दोहोरो शतक मध्ये ५ शतक वानडे क्रिकेटमा बनको छ । जसमा रोहित शर्माको नाममा ३ तथा सचिन तेन्दुलकर र विरेन्द्र सेहवागको नाममा १–१ दोहोरो शतक छ ।

यस्तै, विजय हजारे ट्रफीको यो तेस्रो दोहोरो शतक हो । जारी सिजनको भने दोस्रो दोहोरो शतक हो । जारी सिजननै सन्जु सामसनले केरलाका लागि २१२ रनको नटआउट इनिङ खेलेका थिए । उनी प्रतियोगिताका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

१७ वर्षीय यशस्वीले जारी प्रतियोगितामा १ दोहोरो शतक र २ शतकसहित ५०४ बनाएका छन् । यशस्वीले विजय हजारे ट्रफीकै लागि १० कक्षाको परीक्षा समेत त्यागेका छन् ।