रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इन्डियन्सले कीर्तिमानी चौथो पटक आइपिएल उपाधि जितेको छ । राजिव गान्धी इन्टनेशनल स्टेडियममा आइबार राति भएको रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले कीर्तिमान उपाधि जितेको हो ।
चेन्नईविरुद्धको रोमाञ्चक जितसँगै मुम्बईले सर्वाधिक चौथो पटक उपाधि जितेको हो । यसअघि मुम्बई र चेन्नईले समान ३ पटक उपाधि जितेको थिए । मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा गरी ३ पटक आइपिएल उपाधि जितेको थियो । आईपिएलका १२ संस्करणमध्ये ८ संस्करणको फाइलन खेलेको चेन्नईले २०१०, २०११ र २०१८ मा उपाधि जितेको थियो ।
सर्वाधिक धेरै फाइलन पुगेको चेन्नई लागतार तेस्रो पटक फाइलनमा मुम्बईसँग पराजित भयो । मुम्बईले सन् २०१३ र २०१५ मा फाइलनमा चेन्नईलाई नै पराजित गरेको थियो । चेन्नईले सन् २०१० मा भने मुम्बईलाई नै पराजित गर्दै पहिलो पटक आइपिएल उपाधि जितेको थियो ।

अन्तिम बलमा मुम्बई १ रनले विजयी
चेन्नईविरुद्धको फाइलनको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै लासिथ मालिंगाले मुम्बईलाई १ रनको रोमाञ्चक जित दिलाएका छन् ।
मुम्बईले दिएको १५० रनको लक्ष्य पछ्याएको चेन्नाईलाई अन्तिम ओभरमा जितका लाथि ९ रन चाहिएको थियो । अघिल्ला ३ ओभरमा ४१ रन खर्चंदै महँगा सावित भएका मालिंगाले अन्तिम ओभरमा ८ रन मात्र दिँदै टिमलाई जित दिलाए । अन्तिम बलमा चेन्नई जितका लागि १ बलमा २ रन चाहिएको अवस्थामा मालिंगाले शार्दुल ठाकुरलाई एलबिडब्लु आउट गरेका थिए ।
उत्कृष्ट फिल्डिङ र कप्तान महेन्द्रसिंह धोनी र शेन वाट्शनको रनआउट नै मुम्बईको जितको आधार थियो । धोनी ओभर थ्रोमा रन लिनेक्रममा १२.४ ओभरमा र वाट्नश अन्तिम ओभरको चौथो बलमा रनआउट भएका थिए ।
चेन्नईका लागि वाट्शनले सर्वाधिक ८० रन बनाए । उनले ५९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै, फाफ डु प्लोसिसले २६ र ड्वायन ब्राभोले १५ रन बनाए । मुम्बईका जसप्रित बुम्राहले २ तथा राहुल चहर, कुर्णाल पाण्ड्या र मालिंगाले १ गोल दिए ।
यअसघि टस जितेर ब्याटिङ गरेको मुम्बईले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाई कायम गर्न नसक्दा मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो । उसलाई क्वेन्टन डी कक र रोहित शर्माले पहिलो विकेटका लागि ४.५ ओभरमा ४५ रनको साझेदारी गरेका थिए ।
उसका लागि किरोन पोलार्डले सर्वाधिक नटआउट ४१ रन बनाए । उनले २५ बल खेल्दै समान ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै, डी ककले १७ बलमा २९, इशन किशनले २३, हार्दिक पाण्ड्याले १६ तथा रोहित र सूर्यकुमार यादवले १५–१५ रन बनाए ।
मुम्बईलाई मध्यम योगफलमा रोक्ने क्रममा दीपक चहरले ३ तथा शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए ।
रसेल उत्कृष्ट, शुभमन गिल इमर्जिङ प्लेयर
कोलकाता नाइट राइडर्सका अलराउन्डर आन्द्रे रसेल १२औं संस्करणको आइपिएलको उत्कृष्ट खेलाडी घोषित भएका छन् । जारी आइपिएलमा रसेलले १४ खेलमा ५१० रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।
यस्तै कोलकाताकै ओपनिङ ब्याट्सम्यान सुभमन गिल इमर्जिङ प्लेयर बनेका छन् । उनले १४ खेलमा ३ अर्धशतकसहित २९६ रन बनाएका थिए ।
उत्कृष्ट क्याचको अवार्ड मुम्बईका पोलार्डले पाए भने वेस्ट स्ट्राइक रेट अवार्ड रसेलले जिते । यस्तै, गेम चेन्जिङ अवार्ड मुम्बईका राहुल चहर, स्टाइलिस प्लेयर अवार्ड पञ्जाबमा केएल राहुले जिते ।
यस्तै २६ विकेट लिएका चेन्नईका इमरान ताहिरले पर्पल क्याप जिते भने ६९२ रन बनाएका सनराइज हैदराबादका डेभिड वार्नरले ओरेन्ज क्याप पाए । यस्तै, फेयर प्ले अवार्ड हैदरावादले पायो ।