अनिता र सुमनले जिते ‘चौथो मुन्दुम ट्रेल रेस’ को उपाधि

Read Time:3 Minute

अनिता राई र सुमन कुलुङ राईले चौथो मुन्दुम ट्रेल रेसको उपाधि जितेका छन्। महिलातर्फ अनिताले निर्धारित दुरी ४५ किमी दुरी ५ घण्टा ४१ मिनेट ९ सेकेन्डमा पार गरिन् भने पुरूषतर्फ सुमन कुलुङ राईले निर्धारित दुरी ४ घण्टा २७ मिनेट ५४ सेकेन्ड ४४ मिलिसेकेन्डमा पार गरे।

त्यस्तै महिलातर्फ दोस्रो भएकी सविना राईले ५ घण्टा ४२ मिनेट ३ सेकेन्ड र तेस्रो भएकी पदमकुमारी सुनुवारले ५ घण्टा ४४ मिनट २५ सेकेन्डमा दुरी पार गरिन्। चौथो भएकी अमिता राईले ५ घण्टा ४७ सेकेन्ड र पाँचौ भएकी छेन्वीमाया राईले ६ घण्टा २५ मिनेट २९ सेकेन्डमा निर्धारित दुरी पार गरे।

त्यस्तै पुरुषतर्फ दोस्रो भएका राजन मेयोङ्बाले ४ घण्टा २७ मिनेट ५४ सेकेन्ड ५५ मिलिसेकेन्डमा दुरी पार गरे। तिस्रो भएका दुर्गा बुढा मगरले ४ घण्टा २९ सेकेन्ड ४ सेकेन्डमा पुरा गर्दा गोबिन्द कार्कीले ४ घन्टा ३२ मिनेट १४ सेकेन्डमा दुरी पार गरे। पाँचौ भएका भोजपुरका उमेश राईले ४ घन्टा ४४ मिनेट २४ सेकेन्डमा पार गरे।

४० वर्षमाथिको ट्रेल रेसको उपाधि धनकुटाका टेक बहादुर थापाले जिते। भोजपुरका सुरेन्द्र कुमार राई दोस्रो हुँदा खोटाङका दुर्गाधन राई तेस्रो भए। प्रतियोगितामा टिम इभेन्टतर्फ मिरा राई ईनिसियटिभ पहिलो हुँदा आर्मी टिम दोस्रो र धरान ल टिम तेस्रो भए।

ट्रेल रेस विजेतालाई क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिलारपुरूष दुवैलाई समान ५० हजार, ४० हजार ,३० हजार, २० हजार र १० हजार पुरस्कार राशीसहित प्रमाण पत्र ट्रेल रेसकी प्रमुख अतिथि चर्चित धाविका मिरा राई र टेम्के मयुङ गाउँपालिका प्रमुख ध्रुव राईले संयुक्त रुपमा हस्तानतरण गरेका थिए।

त्यस्तै ४० वर्ष माथिको वेटेरानतर्फका विजेताले क्रमशः १५ हजार, १० हजार र ५ हजार पुरस्कार तथा प्रमाण पत्र पाएका थिए। टिम इभेन्टतर्फको विजेताले क्रमशः १० हजार, ८ हजार र ५ हजार तथा ट्रफी पाए।

त्यस्तै खुट्टा दुःखेको कारण चप्पलमा प्रतियोगितामा भाग लिएर रेस पुरा गरेकी नमुना राईलाई क्रेजी रनरको उपाधि दिइएको थियो। ४५ किमी लामो दुरीको रेस भोजपुरको बागखोर ९२२०० मि० बाट सुरु भएर ३१०० मिटरको डाडा हुँदै खोटाङको सकेला तावा भञ्ज्याङ ९१८०० मि० मा पुगेर टुङ्गिएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन गेम्सका लागि एथ्लेटिक्सको छनोट वैशाख १५ र १६ गते हुने
Next post सिटिजन्स बैंक टेनिसमा राजुको विजयी सुरुआत
Close