मुरा एफसीसँग हार्‍यो टोटनहम

युरोपा कन्फरेन्स लिग फुटबलमा इंग्लिस क्लब टोटेनहम स्लोभेयिानको क्लब मुरा एफसीसाग पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटनहम मुरा एफसीसँग २–१ले पराजित भएको हो।

घरेलु मैदानमा मुरा एफसीले ११औं मिनेटमै अग्रता लियो । उसका टोमी होर्भाटले गोल गरेका थिए। ३१औं मिनेटमा टोटनहम १० खेलाडीमा समेटियो । उसका रायन सेसेग्ननले रातो कार्ड पाएका थिए ।

पहिलो हाफमा १–०ले पछि परेको टोटनहमले ७२औं मिनेटमा बराबरी गोल फर्कायो । उसका ह्यारी केनले बराबरी गोल गरेका थिए। बराबरीतर्फ उन्मूख खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गरेपछि टोटनहम मुरासँग २–१ले स्तब्ध भयो।

यस हारसँगै टोटेनहम समूह जीको दोस्रो स्थानमा छ । टोटेनहमले ५ खेलमा ७ अंक भने मुरा ३ अंक जोडेर पुछारमा छ । यो समूहका रेनेस शीर्ष स्थानमा रहँदै अन्तिम १६का लागि छनोट भएको छ। योसँगै उसले सिधै अन्तिम १६मा पुग्ने अवसर गुमाएको छ । अब उसले अन्तिम १६का लागि प्लेअफ खेल्ने छ।