मुवाँथाईको अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च

नेपाल राष्ट्रिय मुवाँथाई संघले अस्ट्रेलिया र अमेरिकामा सम्पर्क मञ्च गठन गरेको छ । प्रफुल श्रेष्ठको अध्यक्षतामा नेपाल–अस्ट्रेलिया मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । श्रेष्ठ मुवाँथाईका पूर्व खेलाडी हुन् ।

करातेका पूर्व खेलाडी मनीष थापाको अध्यक्षतामा नेपाल–अमेरिका मुवाँथाई सम्पर्क मञ्च गठन गरिएको छ । बाँकी पदाधिकारी मनोनयन गर्ने जिम्मेवारी उनीहरुलाई नै दिइएको अध्यक्ष कक्षपतिले जनाएका छन् । विभिन्न देशमा मुवाँथाईको विकास र विस्तार गर्ने उद्देश्यले सम्पर्क मञ्च गठन गरिएको बताइएको छ । अन्य राष्ट्रमा पनि क्रमैसंग सम्पर्क मञ्च गठन गरिने अध्यक्ष कक्षपतिले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP