नाडाल र प्लिस्कोभा फ्रेन्च ओपनको दोस्रो चरणमा

राफेल नडाल र क्यारोलिन प्लिस्कोभा फ्रेन्च ओपन टेनिस प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएको खेलमा नाडालले बेलारुसका इगोर गरेरासिमोभलाई पराजित गरे भने प्लिस्कोभाले इजिप्टकी क्वालिफायर मेयर सेरिफलाई पराजित गरिन् ।

नाडालले बेलारुसका गरेरासिमोभलाई बिना कुनै व्यवधान ६–४, ६–४, ६–२ ले हराए । उनी कीर्तिमान १३ औं फ्रेन्च ओपन जित्ने अभियानमा छन् । यसपल्टको फ्रेन्च ओपनमा पनि उपाधिका बलिया प्रत्याशी स्पेनी खेलाडी च्याम्पियन भए । उनले रोजेर फेडेररको नाममा रहेको २० ग्रान्ड स्लाम सफलताको बराबरी गर्नेछन् ।

दोस्रो वरीयताकी क्यारोलिन प्लिस्कोभाले पहिलो सेट गुमाएर सम्हालिँदै मंगलबार इजिप्टकी क्वालिफायर मेयर सेरिफलाई ६–७, ६–२, ६–४ ले हराइन् । पहिलो सेटमा प्लिस्कोभाले २७ अनावश्यक गल्ती र ६ डबल फल्ट गरेकी थिइन् ।

पूर्वविश्व नम्बर एक प्लिसकोभाले दोस्रो सेटमा भने आफ्नो खेलमा नाटकीय सुधार गरिन् र त्यसलाई सजिलै जितिन् । तेस्रो सेट जित्न पनि उनले खासै मिहिनेत गर्नुपरेन । अब उनले दोस्रो चरणमा सन् २०१७ की विजेता जेलेना ओस्टापेन्कोको सामना गर्नेछिन् । ओस्टापेन्कोले अर्को खेलमा अमेरिकाकी म्याडिसन ब्रेन्गेललाई ६–२, ६–१ ले सजिलै हराइन् । उनी रोममा चोटग्रस्त भएयता अहिले पेरिसमा खेलिरहेकी हुन् ।

पुरुषतर्फ इटालीका माटेओ बेरेन्टिनीले दोस्रो चरण यात्रा तय गरे । उनले यसका लागि क्यानडाका भिसेक पोसपिसिललाई ६–३, ६–१, ६–३ ले सहतापूर्वक हराए । उनी यसपल्टको प्रतियोगिताको दोस्रो चरण पुग्ने पाँचौं इटालीका खेलाडी हुन् । इटालीका कोही पनि खेलाडीले ४४ वर्षयता कुनै ग्रान्ड स्लाम जित्न सकेका छैनन् । सन् १९७६ मा अन्तिम पटक एडरिनो पानाटाले फ्रेन्च ओपन जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP