फ्रेन्च ओपन उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने

फ्रेन्च ओपनको पुरुष एकल फाइनल दुई पुराना चिरपरिचित प्रतिद्वन्द्वी राफेल नाडाल र नोभाक जोकोभिचबीच नै हुने भएको छ । यो उनीहरू बीचको ५६ औं खेल हुनेछ । आधुनिक टेनिसमा दुई खेलाडीबीच माथिल्लो स्तरमा हुने यो नै सबैभन्दा धेरै खेलको कीर्तिमान हुनेछ ।

शीर्ष वरीयताका जोकोभिचले शुक्रबार रातिको सेमिफाइनलमा ग्रिसका स्टेफानोस सिसिपासलाई ६–३, ६–२, ५–७ र ४–६ र ६–१ ले हराए । रोलान्ड ग्यारोसमा सिसिपासविरुद्ध जित निकाल्न पाँच सेट चलेको खेलमा जोकोभिचले कडा संघर्ष गर्नु परेको थियो ।

पाँचौ वरीयताका सिसिपासले दुई सेट गुमाएर त्यसताका दुई सेट जितेर सेमिफाइनललाई रोमाञ्चक बनाएका थिए । त्यस अगाडि नाडालले पहिलो सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टम्यानलाई ६–३, ६–३ र ७–६ (७/०) ले हराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP