
नाडालले जिते कीर्तिमानी ग्रान्ड स्लाम उपाधि
Read Time:1 Minute
स्पेनका राफेल नाडालले आइतबार कीर्तिमान २१ औं ग्रान्ड स्लाम उपाधि जितेका छन् । उनले अस्ट्रेलियन ओपनको फाइनलमा रुसका डानियल मेदभेदेभलाई पाँच सेटको कडा प्रतिस्पर्धात्मक खेलमा हराए । त्यसमा नाडाल २–६, ६–७ (५–७), ६–४, ६–४ र ७–५ ले विजयी रहे ।
सुरुआती दुई सेट गुमाएर पनि नाडालले खेलमा उत्कृष्ट पुनर्आगमन रहेका हुन् । उनले अस्ट्रेलियन ओपन जितेको भने यो दोस्रोपल्ट हो ।

यो जितपछि नाडाल विश्व टेनिस इतिहासकै सर्वाधिक सफल खेलाडी भएका छन् । यसअघि नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० ग्रान्ड स्लाम जितेका थिए ।
मेदभेदेभलाई पराजित गरेपछि नाडाल काेर्टमै भक्कानिएर राेकएका थिए।