नेपालका लालमोहर र नागेश्वरले भारतको प्रो कबड्डी खेल्ने

नेपाली राष्ट्रिय टोलीका दुई खेलाडी लालमोहर यादव र नागेश्वर थारूले भारतमा आयोजना हुने प्रो कबड्डी खेल्ने भएका छन्।

प्रो कबड्डीको नयाँ सिजनका लागि भारतमा शनिबार भएको अक्सनबाट लालमोहर र नागेश्वर बिक्री भएका हुन्। अक्सनबाट लालमोहर र नागेश्वर दुवैलाई बैंगलुरू बुल्सले किनेको छ।

अक्सनको सी श्रेणीमा रहेका लालमोहर र नागेश्वरलाई बैंगलुरूले समान १० लाख भारूमा क्लबमा भित्र्याएको हो। लालमोहरले यसअघि पनि बैंगलुरुबाटै खेलेका थिए भने नागेश्वर पहिलो पटक प्रो कबड्डी लिग खेल्न लागेका हुन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post थाइल्यान्ड नेपाली उसु खेलाडीको सान, सात खेलाडीलाई हराउँदै जिते स्वर्ण
Next post फुलहमसँग रोकियो लिभरपुल
Close