ओसाका तेस्रो चरणबाटै बाहिरिइन्

महिला टेनिसमा स्वर्णको दाबेदारका रुपमा हेरिएकी जापानी टेनिस खेलाडी नाओसी ओसाका टोकियो ओलम्पिक २०२० मा तेस्रो चरणबाटै बाहिरिएकी छिन् ।

टोकियोस्थित एरिउके टेनिस पार्कमा भएको महिला एकलतर्फको खेलमा चेक रिपब्लिककी मार्केटा भोन्ड्रोउसोभासँग सोझो सेटमा स्तब्ध हुँदै ओसाका बाहिरिइन् ।

मार्केटाले टोकियो ओलम्पिकमा दोस्रो वरीयता प्राप्त ओसाकालाई ६–१, ६–४ ले सहजै पराजित गरिन् । ओलम्पिक उद्घाटनमा ओलम्पिक फ्लेम बालेकी ओसाकाले मारकेटाविरुद्ध भने राम्रो खेल्न सकिनन् । उनले ३२ अनफोर्ड्स एरर गरेकी थिइन् ।

Facebook Comments Box