
आयोजक नेसनल अन्तिम १६ मा, विजेताको टुंगो शुक्रबार लाग्ने
काठमाडौं । आयोजक नेसनल कलेज ‘ई–प्लानेट नेसनल कप फुटसल’ प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । बालुवाटारस्थित ढुकु फुटसल हवमा जारी प्रतियोगितामा नेसनल कलेजको टिम ‘ए’ समुह ‘ए’ को समूह विजेता बन्दै नकआउट चरण प्रवेश गर्यो ।
समूह चरणका बाँकी केही खेल शुक्रबार हुँदैछन् । ती खेल सकिएपछि नकआउटको खेल सुरु हुने र विजेताको टुंगो पनि शुक्रबार नै लाग्ने आयोजकले जनाएको छ ।
४० टिम सहभागी प्रतियोगिातालाई एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालिले मुख्य प्रायोजन गरेको छ भने नेपाल एसबीआई बैंकले सह–प्रायोजन गरेको छ ।
प्रतियोगिताको अफिसियल मिडिया पार्टनर बाह्खरी डटकम हो भने अनलाईन पार्टनर सबैखेल डटकम र रिसेन्ट नेपाल डटकम रहेका छन् ।
लिग ‘कम’ नकआउटका आधारमा हुने प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुनेले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गर्ने छ । साथै प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई पनि ट्रफी प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई बाह्रखरी डटकमले र सर्वाधिक गोलकर्तालाई सबैखेल डटकमले प्रायोजन गरेका छन् ।
coursework support quantitative coursework examples coursework masters vs
research masters coursework ucl
coursework hours coursework writing services coursework for phd coursework grades