राष्ट्रिय टिममा तीन नयाँ अनुसार, शरद र सिद्धान्तको पुनरागमन

Read Time:2 Minute

आगामी महिना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले नामिबिया र स्टकल्यान्डविरुद्धको सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

क्यानले बोलाएको टिममा तीन नयाँ अुनसारले मौका पाएका छन्। जसमा गत महिनासम्म नेपाल टि–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका सूर्य तामाङसँगै मौसम ढकाल र अंकित सुदेवी छन्।

यस्तै, टिममा लामो सयमपछि अलराउन्डर सिद्धान्त लोहनीले नेपाली टिममा पुनरागमन गरेका छन्। उनी नेपाल टि-२० लिगमा उत्कृट प्रदर्शन गरेका थिए। भेट्रान अलराउन्डर शरद भेषाकवरले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन्। यस्तै युवा अलराउन्डर कुशल मल्लले पनि टिममा स्थान बनाएका छन्।

यस्तै, नामिबिया भ्रमण रहेका हरिशंकर साह र नन्दन यादव भने यो पटक टिममा अटाउन सकेनन्।

सिरिज कीर्तिपुरस्थित टियू मैदानमा आगामी फेब्रुअरी १४ बाट सुरु हुनेछ। सोही दिन नेपालले नामिबियासँग खेल्नेछ।

यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने तेस्रो खेल नामिबियासँग फेब्रुअरी १८ र अन्तिम खेल पुनः स्कटल्यान्डसँग फेब्रुअरी २१मा खेलने छ।

२४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको नेपालका लागि बाँकी खेल निकै महत्वपूर्ण छ। एकदिवसीय विश्वकप छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना सकिए पनि बाँकी खेल जितेमा नेपालको एकदिवसीय मान्यता जोगिन सक्छ।

स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ।

Happy
Happy
27 %
Sad
Sad
10 %
Excited
Excited
17 %
Sleepy
Sleepy
7 %
Angry
Angry
30 %
Surprise
Surprise
10 %
Previous post बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो, परेनन् सन्दीप
Next post टाइगर कप भलिबल : उपाधिका लागि एपिएफ र गण्डकी प्रदेश भिड्ने
Close