°
, June 2, 2023 in

खेलाडी भन्छन्- प्रशिक्षकलाई हामीप्रति ट्रस्ट हुन्न भने हामीलाई पनि हुन्न

SHARE:

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको विवादपछि राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण छाडेका १० सिनियरले खेलाडीले अब राष्ट्रिय टिममा फर्कन गाह्रो भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरुले प्रशिक्षक अल्मुताइरीको प्रशिक्षणमा राष्ट्रिय टिममा फर्किन गाह्रो हुन् धारणा राखे।

सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले टिमबाटै निकालेको भन्दै उनीहरुले अल्मुताइरी नै प्रशिक्षक रहे टिममा फर्किन नसकिने पनि बताए। उनीहरुले आफूहरुमाथि अन्याय भइरहँदा आम समर्थकबाट आइरहको नकारात्मक प्रतिकृयाले खेल जीवनकै सार्थकतामा प्रश्न उठेको जनाए ।

पत्रकार सम्मेलनमा चन्दले आफूहरुले कोचलाई हटाउनुपर्छ भनेको बताए । उनले भने, ‘हामीले कोच हटाउ भनेका छैनौं । तर उहाँको अण्डरमा खेल्न हामीलाई गाह्रो छ । उहाँलाई हामीप्रति ट्रस्ट हुन्न भने, हामीलाई पनि उहाँप्रति ट्रस्ट हुन्न।’

रोहित अल्मुताइरी आएपछि टिममा परिवर्तन भने धेरै भएको बताए । पहिलेको तुलनामा धेरै खेलहरु खेल्न पाइरहेको बताउँदै रोहतिले आफूहरुलाई अल्मुताइरीसँग व्यक्तिगत रुपमा समस्या भएको बताए।

यसैगरी अनन्त तामाङले अल्मुताइरीले प्रशिक्षकले मैदान भित्र नभइ मैदान बाहिर पनि समस्या निकालेको आरोप छ लगाए। ‘‘तेरो कपाल लामो भयो, ट्याटु किन बनाइस् भन्ने कुरा निकालेर हामीलाई दबाब दिइयो,’ उनले भने, ‘यस्तो अभ्यास विश्वको फुटबलमा कही कतै पनि छैन ।’

अनन्तले अहिलेको घटनामा आफुहरु दोषी भए कारबाहीबा लागि तयार भएको बताए । उनले एन्फासमक्ष निष्पक्ष छानविन गर्न पनि आग्रह गरे।

‘यस्तै सुजल श्रेष्ठले आफूहरुलाई मिडियामा भगौडा र विद्रोहीको ट्याग पाउदा दुख लागेको बताए । उनले रोहितलाई टिममा फर्काउनु पर्छ भनेर आफूहरु मिडियामा नआएको प्रष्ट पारे। ‘भगौडा र विद्रोहीको ट्याग पाएपछि हामीले यसबारे बोल्न पर्छ भन्ने लाग्यो र हामी त्यसैको स्पस्टिकरणका लागि आएका हौं । रोहितलाई टिममा ल्याउनै पर्छ भनेर हामी आएका होइनौं’ सुजलले भने, ‘रोहितले होटलको बारेमा कुरा उठाएकाले उनलाई निस्केर जा भने । हाम्रो न्युनतम आवश्यकता पनि पूरा भइरहेका छैन ।’

सुजलको कुरालाई समर्थन गर्दै विशाल राईले आफूहरु विद्रोही नभइ पीडित भएको बताए । उनले भने, ‘रोहितलाई टिममा राख्नुपर्छ होटल छाडेका हैनौं । रोहितले खेलाडीको सुविधाको बारेमा कुरा उठाएकाले हामी पनि त्यसमा सहभागी भएका हौं । हामी विद्रोही होइन पिडित हौं ।’

यसैगरी अन्जन विष्टले रोहितले बोलेको कुरा उनको मात्र नभई प्रशिक्षणमा सहभागी २५ जनाकै आवाज भएको बताए । उनले भने– ‘रोहित दाइले हाम्रो लागि बोल्दा निस्किनु पर्यो भन्ने कुराले हामीलाई निकै गिल्टी फिल भयो ।’ त्यसपछि आाफूहरुले प्रशिक्षकसँग कुरा गर्दा प्रशिक्षकले निकस्केर गइहाल भने आफूहरुले टिम छाडेको बताए । उनले कोचको राम्रो कुरा आफूहरुले सँधैं एप्रिसियट गरेको बताए।

कार्यक्रममा उपस्थित खेलाडी संघका अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी विक्रम लामाले यस विषयमा एन्फालाई हिजो नै जानकारी गराएको र अहिलेसम्म कुनै जवाफ नआएको बताए। उनले होस्टलमा न्युनतम आवश्यकता पनि पुरा नभएकाले होटलको माग गरिएको बताउँदै खेलाडी संघको अध्यक्षको रुपमा आफू खेलाडीको पक्षमा उभिने उल्लेख गरे।

SHARE: