एसिया कप फुटसलको छनोटका लागि नेपाली टिमको छनोट गरिएको छ। मुख्य प्रशिक्षक गौरव बस्नेतले आइतबार १४ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन्।
टोलीले मंगोलियामा हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ। करिब २०० खेलाडी बाट सुरु भएको खुल्ला छनोटबाट २५ जनाले बन्द प्रशिक्षणमा सहभागी थिए।
मत्स्या रिक्रिएशन सेन्टरमा भएको बन्द प्रशिक्षण बाट अन्तिम टोलीको टुंगो लागेको हो। नेपाल छनोटको समूह डी मा रहेको छ। अक्टोबर ७ देखि ११ सम्म हुने समूह डिका खेल हरुमा नेपालले भियतनाम, दक्षिण कोरिया र मंगोलियाको सामना गर्नेछ।
३१ टोलीलाई आठ समूहमा विभाजन गरिएकोमा आठ शिर्ष टोलीहरू सहित सात उत्कृष्ट समूह उपविजेताहरुले फुटसल एसियन कपमा आफ्नो स्थान बनाउने छन्।
नेपाली टिम
गोलकिपरः सागर गुरुङ, आशिष डंगोल
फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्त्यान
आलाः रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, अमित तामाङ, दिपेश घले, उज्वोल शाही
पिभोटः मणिकुमार लामा, सुजित बुढाथोकी