नेपाल तेक्वान्दो संघले पुम्से विधातर्फको खुला राष्ट्रिय प्रतियोगिता जेठ २८ र २९ गते आयोजना हुने भएको छ। सातदोवाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा प्रतियोगिता आयोजना हुनेछ ।
ग्योरोगी विधातर्फको राष्ट्रिय प्रतियोगिता यसअघि नै आयोजना भएको हुनाले पुम्सेतर्फको प्रतियोगिता आयोजना गर्न लागिएको संघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दुई दिनको प्रतियोगितामा तीन विभागीय, प्रदेश तथा जिल्लका महिला र पुरुष गरी कूल ७४३ खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगिताका लागि ९ लाख अनुमानित बजेट लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १४ उमेरसमूह ९७ पुरुष र ७ महिला०मा प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताले दक्षिण एशियाली खेल, एशियाली खेल लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि खेलाडीहरुको पहिचान गर्दै तयारी पक्षलाई द्रूत गतिमा संञ्चालन गर्ने तेक्वान्दो संघको योजना छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु छनोट गरी राष्ट्रिय टिमको निर्माण तयारी प्रशिक्षण सुरु गर्ने संघले जनाएको छ । यस प्रतियोगितामा विजयी हुने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुको रेकर्ड राख्नका लागि संघले यस पटकदेखि खेलाडी र्याङ्किङ सिस्टम अघि ल्याएको जनाएको छ ।