प्रदेश १मा पाँच पूर्वाधार निर्माण गर्न राखेपको सम्झौता

राष्ट्रिय खेलकुद परिषद्ले चालु आब भित्र सम्पन्न गर्ने गरि ५ वटा भौतिक पूर्वाधार निर्माण सम्बन्धी स्थानिय उपभोक्ता समितिसँग सम्झौता गरेको छ ।

झापाको दमकमा निर्माण भईरहेको नारायण ज्याती बहुउद्देश्य कभर्डहलको कम्पाउण्ड बाल लगाउने कार्यका लागि राखेपले दश लाख उपलब्ध गराउने भएको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र उपभोक्ता समितिका अध्यक्ष केन्द्रवहादुर प्रसाईबीच बिराटनगरमा सम्झौता भएको छ ।

कम्पाउण्ड बाल निर्माणमा ११ लाख २१ हजार ३ सय ६० रुपयाँ पौसा ३१ लाग्ने अनुमान गरिएकोमा बाँकी रकम उपभोक्ता समितिले जुटाउने सम्झौतामा उल्लेख छ ।

बिराटनगर स्थित बैजनाथपुर क्रिकेट खेल मैदान (पीच बाहेक) कटिङ गर्ने, सम्याउने, रोलिङ तथा वाटरिङ गरि सम्पूर्ण एरिया खेल्ने योग्य बनाउन राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष मो. साद कुरेसीबीच सम्झौता भएको छ ।

बैजनाथपुर क्रिकेट खेल मैदान निर्माण गर्नका लागि ११ लाख ८१ हजार उन्चालीस रुपयाँ पौसा एक्चालीस खर्च लाग्नेमा सम्झौता अनुसार राखेपले १० लाख उपलब्ध गराउने भएको भने बाँकी रकम उपभोक्ता समितिले जुटाउनु पर्नेछ ।

खादवारी खेल मैदानको (५ स्टेप भएको १५ मिटर लम्बाई) प्याराफिट निर्माणका लागि राखेपले १५ लाख उपलब्ध गराएको छ । राखेप सदस्य सचिव सिलवाल र उपभोक्ता समितिका अध्यक्ष रमेश श्रेष्ठबीच सम्झौता भएको छ । कुल १६ लाख २९ हजार ५ सय ६५ रुपयाँ पौसा तीन लाग्नेमा बाँकी रकम समितिले जुटाउनु पर्ने सम्झौतामा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.