राखेप सदस्यसचिव नियुक्तिको प्रक्रिया सुरु, मन्त्रालयले माग्य दर्खास्त

नयाँ खेलकुद ऐन आएपछि रिक्त रहेको राष्ट्रिष्य खेलकुद परिषद् सदस्य सचिव नियुक्तीको प्रक्रिया सुरु भएको छ । सदस्य सचिव छनोटका लागि गठन गरिएको सिफारिस समितिले शुक्रबार सदस्य सचिवका लागि दर्खास्त आव्हान गरेसँगै नियुक्तिको प्रक्रिया सुरु भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संयोजक्तवमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्य सचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो ।

कार्यविधि अनुसार सूचना सार्वजनिक भएको दिनदेखि सात दिनभित्र सदस्य सचिव बन्न चाहनेले कार्ययोजनासहित दरखास्त पेस गर्नुपर्नेछ । कार्ययोजनाको साथमा नेपाली नागरिकताको प्रतिलिपी, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविश्द्यालयबाट कम्तीमा स्नातक तह उतीर्ण प्रमाणपत्रको प्रतिलिपी र खेलकुद क्षेत्रमा कम्तिमा पाँचवर्ष काम गरेको प्रतिलिपी पनि पेस गर्नुपर्नेछ ।

तोकिएको समयभित्र प्राप्त भएका कार्ययोजनाहरु अध्ययन गरी समितिले कार्ययोजनाको आधारमा कम्तीमा एक महिलासहित तीनजनाको नाम बैठकबाट निर्णय गरी मन्त्रालयमा सिफारिस गर्ने छ ।

युवा तथा खेलकुद मन्त्रालयले राखेपको सदस्य सचिव छनोट गर्नका लागि शुक्रबार तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिको संयोजकमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपिलया छन् भने सदस्यहरुमा रिम रानाभाट र इन्दिरा निरौला छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.