राखेप सदस्य सचिवका लागि सिलवालसहित ३ जनाको नाम सिफरिस

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवका लागि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसहित तीन जनाको नाम सिफरिस भएको छ । सदस्य सचिव नियुक्तीका लागि गठन भएको सिफारिस समितिले बुधबार सिलवालसहित तीन जनाको नाम सिफरिस गरेको हो ।

समितिले निवर्तमान सदस्य सचिव सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबलका संघका पूर्वउपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापा मगरको नाम युवा तथा खेलकुद मन्त्रालय समक्ष सिफारिस गरेको हो ।

अब मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ र मन्त्रिपरिषदको बैठकले राखेपको नयाँ सदस्य सचिवमा एक जना छनोट गर्नेछ । समितिले एक साताअघि सदस्यस सचिवका लागि दस्र्खात आव्हान गरेको थियो । दस्र्खात हालेका २७ जनाबाट तीन जनाको नाम सिफारिस गरेको हो ।

गत असारमा सदस्य सचिवमा नियुक्त भएका सिलवाल प्रधानमन्त्री केपी ओली निकटका मानिन्छन् । पूर्वएमाले निकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका पूर्व अध्यक्ष समेत रहेका सिलवालको सदस्य सचिव पद नयाँ खेलकुद ऐन लागू भएपछि निस्क्रिए भएको थियो ।

यस्तै, भलिबल संघका पूर्वअध्यक्ष थापामगर नेकपाका केन्द्रीय सदस्यसमेत हुन् । पूर्वमाओवादीका पोलिट्ब्युरो सदस्य समेत रहेका बाग्लुङका थापामगर नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । कुनै राजनीतिक दल निकट नरहेकी श्रेष्ठ नेपाली महिला भलिबल टिमकी पूर्वकप्तान हुन् । उनले आठौं र १०औं सागमा कास्य जितेकी छिन् । १०औं सागमा उनी कप्तान थिइन् ।

नयाँ खेलकुद ऐनमा राखेपको सदस्य सचिव बन्न ३० वर्ष पूरा भएको पुरा भएको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ । यस्तै, ऐनमा सदस्य सचिवमा बन्न स्नातक पास भएको, खेलकुद क्षेत्रमा पाँच वर्ष काम गरेको र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्नेछ व्यवस्था छ ।

मन्त्रालयले सचिव रामप्रसाद थपलियाको संजोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा रिम रानाभाट र इन्दिरा निरौला सदस्य थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *