आर्मी र एपिएफ राष्ट्रिय भलिबलको सेमिफाइनलमा

8 Jan, 2024

३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा समुह बी अन्तर्गत गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

समुह बी मा रहेको आर्मीले लगातार तेस्रो जितसहित सेमिफाइनल यात्रा तय गरेको हो। विरेन्द्रनगर सुर्खेतमा भएको खेलमा आर्मीले गण्डकीमाथि ३१–२९, २५–२१ र २५–२१ को सेटले पराजित गरेको हो ।

यसअघि आर्मीले सुदूरपश्चिमलाई ३–१ र पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको थियो। एपीएफले २५–१७, २५–१५, २२–२५ र २५–२० ले पुलिसलाई हराएको हो ।

यसअघिसमुह ए बाट एपीएफले पुलिसमाथि ३–१ को जिसहित सेमिफाइनल यात्रा तय गरेको छ।

समुह ए मा दुई विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन्। समुह बी मा भने त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]