°
, June 4, 2023 in
0

चौदण्डीगढीविरुद्ध सावित्रा एक्लैले गरिन दर्जन गोल

SHARE:

काडमाडौंमा जारी महिला राष्ट्रिय लिगमा एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी एक्लैले दर्जन गोल गरेकी छिन् । सावित्रा एक्लैले १२ गोल गरेपछि राष्ट्रिष्य महिला लिगमा एपिएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २२–०को फराकिलो अन्तरले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपीएफलाई सहज जित दिलाउने क्रममा सावित्राका अलावा कप्तान अनु लामाले ५ गोल गर्दा अनिता बस्नेतले ३ गोल गरिन् । यस्तै रेनुका नगरकोटी र सरु लिम्बुले एक–एक गोल गरे ।

राष्ट्रियमा लगातार छैठौं जित निकालेको एपिएफ १८ अंकसहित शीर्ष स्थानमा छ । अंकबिहीन रहेको चौदण्डीगढी तालिकाको पुछारमा छ । एपिएफ डिफेन्डिङ च्याम्पियन पनि हो ।

प्रतियोगिताअन्तर्गत मंगलबार स्याङ्जाको वालिङ नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *