राष्ट्रिय महिला हक्कीमा प्रदेश १माथि मधेस प्रदेशको जित

Read Time:1 Minute

मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित ग¥यो । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले १–१ गोल गरे । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् ।

बुधबार दुई खेल भएकोमा एक खेल बराबरीमा टुंगियो । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको समूह ‘बी’ को लिगमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले गोलरहित बराबरी खेले । गण्डकी कमलादेवी घर्ती पुन ‘वुमन अफ द म्याच’ चुनिइन् ।

प्रतियोगितामा ६ टिम सहभागी छन् । समूह ‘ए’ मा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी, मधेस र प्रदेश १ तथा समूह ‘बी’ मा सुदूरपश्चिम, गण्डकी र दोश्रो संस्कणको विजेता लुम्बिनी छन् । आर्मी पहिलो संस्करणको पनि विजेता हो । फाइनल माघ ८ गते हुने छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बिग बासमा म्यासक्वेल र मेलनर्ब स्टार्सले बनाए कीर्तिमान
Next post आइसीसी टी-२० टिम अफ दि इयर घोषणा, परेनन् कुनै पनि भारतीय खेलाडी
Close