°
, June 7, 2023 in
0

सावित्रको डबल ह्याट्रिकमा एपिएफ विजयी

SHARE:

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले डबल ह्याट्रिक गरेपछि काठमाडौंमा जारी राष्ट्रिय महिला लिगमा विभागीय टिम एपिएफले सहज जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सावित्राले ६ गोल गरेपछि एपिएफले रौतहटको चन्द्रपुर नगरपालिकामाथि ८–०को जित निकाल्यो ।

पहिलो मिनेटमै अनिताको गोलमा एपिएफले अग्रता लिएको थियो । छैटौं मिनेटमा साविताले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् । ३३औं मिनेटमा सावित्राले पुनः गोल गरेपछि पहिलो हाफमा एपिएफले ३–०को अग्रता लियो । पहिलो हाफमा ३ गोल गरेको एपिएफले दोस्रो हाफमा ५ गोल गरेको थियो ।

खेलको ४७ औं मिनेटमा सावित्राले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दै एपीएफलाई ४–० को अग्रता दिलाइन् । ५४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि एपीएफले ५–०को अग्रता लियो । त्यसपछि सावित्राले ६०, ६२ र ७९ औं मिनेटमा गोल गर्दै डबल ह्याट्रिक पुरा गरिन् ।

यो जितसँगै एपिएफले जारी लिगमा शतप्रतिशत नतिजालाई ८ खेलसम्म निरन्तरता दिएको छ । ८ खेलमा २४ अंक जोड्दै ऊ शीर्ष स्थानमा छ भने ६ अंक मात्र जोडेको चन्दैपुर छैटौं स्थानमा छ ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *