काठमाडौंमा जारी छैटौं संस्करणको राष्ट्रिय महिला भलिबलअन्तर्गतको पहिलो विभागीय डर्बीमा एपिएफ क्लब विजयी भएको छ। शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबमाथि ३–०को सोझो सेटमा जित निकाल्यो।
डिफेन्डिङ च्याम्पियन एपिएफले पुलिसमाथि २५–२०,२५–२१ र २५द्द२१ को सेटमा जित निकालेको हो । जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ।
यसअघि आजै भएको पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबमाथि ३–०को सेटमा जित निकालेको थियो।
४ टिम सहभागी प्रतियोगितामा आइतबार एपिएफ र आर्मी भिड्ने छन् भने दोस्रो खेल पुलिस र न्यु डायमन्डबीच हुनेछ।