एएफसी वुमन्स एसिया कप फुटबल प्रतियोगिताको छनोटका तयारीका लागि नेपाली महिला टिमको बन्द प्रशिक्षण सुरु भएको छ। नेपालमै आयोजना हुने छनोट प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षण आजबाट सुरु गरेको हो।
छनोट प्रतियोतिाको तयारीको तयारीका लािग मुख्य प्रशिक्षक ग्यारी फिलिप्स २ साताअघि ४५ सदस्यीय टिम छनोट गरेका थिए । बन्द प्रशिक्षण हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा सुरु भएको हो।
एसिया कप छनोटको समूह एफको खेल नेपालमै आयोजना हुने छ । जसमा नेपालसँगै हङकङ र फिलिपिन्स छन्। छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म काठमाडौंको दशरथ रंगशालामा हुनेछ।
बन्द प्रशिक्षणमा सहभागी खेलाडी
एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अन्जना रानामगर, सावित्री किसान, सपना राई, रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, अनिता केसी, गीता राना, अञ्जली योञ्जन, प्रिती राई, निशा थोकर, सृजना चेम्जोङ, हिरा कुमारी भुजेल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, अमृता जैसी, घिम कुमारी गुरुङ, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गामगर, कविता धिमाल, सृजना खड्का, रश्मी घिसिङ, शर्मिला थापा, इन्दिरा राई, विमला चौधरी, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, शिवानी कुवँर, सृजना सिंह, सविता राना, रजनी थोकर, सरस्वती हमाल, अमिषा कार्की, कुशुम खतिवडा, सलोनी राना मगर र चुम्लुंग्मा राई ।