स्पेनिस क्लब रियल म्याड्रिडका कोस्टारिकन गोलरक्षक केलोर नाभासले नयाँ कीर्तिमान कायम गरेका छन् । ला लिगाअन्तर्गत इबारविरुद्ध खेल्दै नाभासले रियलका ला लिगामा लागि १ सय खेल खेल्दै कीर्तिमान कायम गरेका हुन् ।
नभास रियलका लागि ला लिगामा १ सय खेल खेल्ने पहिलो विदेशी गोलरक्षक बनेका छन् । सन् २०१५÷१६ मा इकर कासिलासले रियल छाडेपछि नभास रियलको पहिलो रोजाईको गोलरक्षक बनेका थिए । समग्रमा उनले रियलका १५८ खेल खेलेका छन् ।
रियलका लागि ला लिगामा खेलका १ सय खेलमध्ये ७७ खेलमा जित, १७ बराबरी र ११ खेलमा नाभासले हारको सामाना गरेका छन् ।

अघिल्लो सिजनको अन्त्यसँगै प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेपछि नाभास रियलको पहिलो रोजाइमा पर्न छाडेका थिए । तर, क्लबमा खराब प्रदर्शनसँगै पुनः जिदान रियलमा फर्किएपछि नभासले फेरि पहिलो रोजाइमा स्थान बनाएका छन् ।
सन् २०१४ मा १० मिलियन युरोमा लेभान्तेबाट रियल आएका नाभासले रियलमा ३ च्याम्पियन्स लिग, ४ फिफा क्लब विश्वकप, २ युइएफए सुपर कप, १ ला लिगा र १ सुपर कोपा डे स्पानाको उपाधि जितेका छन् ।
रियलसँग सन् २०२१ सम्म सम्झौता बाँकी रहेका ३२ वर्षीय नाभासले रियलमै फुटबल करिअर अन्त्य गर्न चाहेका छन् । नाभासले कोस्टारिकाका लागि ८६ खेल खेलेका छन् ।