नेपाली राष्ट्रिय टिम तथा त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठ घाइते भएका छन्। आसन्न सहिद स्माकर ए डिभिजन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलका क्रममा नवयुग घाइते भएका हुन्।
लिगका तयारीका खेलिएको ब्रिगेड बोइजसँगका मैत्रीपूर्ण खेलमा क्रममा नवयुगको घुँडामा चोट लागेको थियो। घुँडाको एमसिएल इन्जुरीका उनको घुँडाको शल्यक्रिया गर्नुपर्ने भएको छ।
घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि नवयुगले लिग पुरै गुमाउने सम्भावना बढेको छ। घुँडाको अप्रेशन गरेपछि ८ साता आराम गर्नुपर्ने भएकाले उनले लिग पुरै गुमाउने सम्भावना बढेको हो।
यसअघि आर्मीले आफ्ना स्टार डिफेन्डर विकास खवासलाई गुमाइसकेको छ। विश्वकप छनोटका क्रममा विकास घाइते भएका थिए।