आसन्न सहिद स्मारक बी डिभिजन लिगका लागि नयाँ बस्ती युवा क्लबले आधा दर्जन बढी खेलाडी अनुबन्धन गरेको छ। उसले लिगका लागि विभिन्न क्लबबाट ८ नयाँ खेलाडी अनुबन्धन गरेको छ।
नयाँ बस्तीले अघिल्लो सिजन खुमटारलाई बढुवा गराउन महत्वपूर्ण भूमिका खेलेका रेवतराम भण्डारी, बागमती क्लबका शिवप्रसाद चौलागाईं, टुसाल क्लबका पूर्वकप्तान कृष्ण तामाङ, असिम लिम्बू, सन्दीप साशंकर, सुसान राई, जमिन लक्समलाई अनुबन्धन गरेको छ।
यस्तै, नयाँ बस्तीले नयाँ सिजनका लागि गोलकिपर योगेश धिमाललाई पनि अनुबन्धन गरेको छ।
साथै उसले आफ्ना केही पुराना खेलाडीसँग पनि सम्झौता नवीकरण गरेको छ। लिगका लागि नयाँ बस्तीले पेम्वा नुर्बु लामा र सन्जोक राईसँग सम्झौता नवीकरण गरेको छ।
नयाँ बस्तीको दीपक भुसाललाई मुख्य प्रशिक्षक र गोलकिपर प्रशिक्षकमा गगाराम देउजा रहेका छन्।
बी डिभिजन लिग चैत १५ गतेबाट सुरु हुनेछ। लिगका लागि क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने छ भने चैत ७ गतेसम्म कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिनेछ ।