°
, June 1, 2023 in

नयाँ बस्तीको मुख्य प्रशिक्षकमा दीपक भुसाल

SHARE:

बी डिभिजन क्लब नयाँ बस्ती युवा क्लबले मुख्य प्रशिक्षकका रुपमा दीपक भुसाललाई नियुक्त गरेको छ। ए डिभिजन लिगमा बढुवा हुने लक्ष्यसहित नयाँ बस्तीले दीपकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।

यस्तै, नयाँ बस्तीले गोलकिपर प्रशिक्षकमा गगाराम देउजालाई नियुक्त गरेको क्लबका उपाध्यक्ष भगवान पुडासैनीले जानकारी दिएका छन्। यो वर्ष ए डिभिजन लिगमा बढुवा हुने लक्ष्य बनाएको नायँ बस्तीले खेलाडी अनुबन्धन र तयारीलाई तिव्रता दिएको उनले बताए।

लिगका लागि नयाँ बस्तीले पेम्वा नुर्बु लामा र सन्जोक राईसँग सम्झौता नवीकरण गरेको छ।

बी डिभिजन लिग चैत १५ गतेबाट सुरु हुनेछ। लिगका लागि क्लबले माघ २९ गतेसम्म नाम दर्ता गर्नुपर्ने छ भने चैत ७ गतेसम्म कम्तिमा २० खेलाडीको नाम दर्ता गर्नु पर्नेछ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी खर्च बापत क्लबलाई १४ लाख ५० हजार दिनेछ ।

SHARE: