°
, June 4, 2023 in
0

ओलम्पियन नयनालाई कोरोना संक्रमण

SHARE:

नेपाली ओलम्पियन पौडी खेलाडी नयना शाक्यलाई कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार फेसबुकमातर्फ नयनाले आफू कोरोना संक्रमित भएको जनाकारी दिएकी छिन् ।

नयनाले आफूसँगै परिवारको अन्य दुई सदस्यलाई पनि कोरोना भएको बताएकी छिन् । उनका अनुसार पति विकास शाही र छोरा इभान पनि संक्रमित भएका छन् । विकास पूर्वबास्केटबल खेलाडी हुन् ।

‘आफ्नो घरमा रहेको स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गर्दा सुरुमा रिजल्ट नेगेटिभ आएको थियो । त्यसको केही दिनपछि पुनः परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो’, नयनाले फेसबुकमा लेखेकी छिन्, ‘श्रीमान विकासलाई केहि दिनपछि कोरोनाको लक्षण देखिएपछि परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।’

विकासलाई कोरोना देखिएपछि परिवारको अन्य सदस्यको पनि परीक्षण गराँदा आफू र इभानमा कोरोना देखिएको उनले बताएकी छिन् । परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । उनले आफूहरुले पूर्ण रुपमा सावधानी अपनाउँदा पनि कोरोना सरेको भन्दै यसलाई सामान्य भाइरसका रुपमा मात्र नलिन र सुरक्षित रहन आग्रह गरेकी छिन् ।

नयनाले आफूहरु डाक्टरको सल्लाहमा घरमै आइसोलेनमा बसिरहेको बताएकी छिन् । उनले आफूहरु घरबाट बाहिर नजाँद पनि संक्रमित भएको भन्दै घरमै बस्दा पनि सावधानीका उपायहरु अपनाउन आग्रह गरेकी छिन् ।

नयनाले आठौं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेकी थिइन् ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *