एनसिएल वुमन्स क्रिकेटको विजेताले १० लाख पाउने

नेपालको पहिलो महिला फ्रेन्चाईज क्रिकेट लिग ’एनसीएल वुमन्स क्रिकेट’ टि–२० लिगको विजेताले १० लाख रुपैयाँ पाउने भएको छ । राजधानीमा एक कार्यक्रम गर्दै आयोजक एनसिएल स्पोर्टसले प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने जानकारी दिएको हो ।

वैशाख दोस्रो साताबाट सुरु हुने प्रतियोगिताको उपविजेताले ५ लाख रुपैयाँ पाउने छ । यस्तै प्लेयर अफ दी म्याचले १० पाउने छन् भने विघागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार दिइने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसैगरी पत्रकार सम्मेलनमा प्रतियोगिताका लािग टिम र मार्की खेलाडी समेत घोषणा गरियो । प्रतियोगिता विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा वैशाख ७ गोतदेखि १४ गतेसम्म सञ्चालन हुने छ ।

पहिलो पटक आयोजना हुन लागेको महिला फ्रेन्चाइन क्रिकेटमा भैरहवा क्विन्स, विरानगर रोअरिङ लायोनेस, काठमाडौं सुपर च्याम्पियन र धनगढी वन्डर वुमन गरी ४ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री भैरहवाको मार्की खेलाडी हुन् भने विराटनगरको मार्की खेलाडीमा करुणा भण्डारी छिन् । यस्तै सिता रानामगर धनगढीका र नेरी थापा काठमाडौंको मार्की खेलाडी हुन् ।

चैत १ गतेबाट हुने भनिए पनि सुदुरपश्चिममा भएको मुख्यमन्त्री कप र प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुदका कारण प्रतियोगिता सारिएको आयोजकले पत्रकार सम्मेलन जानकारी दियो ।

प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट खेलाडी छनोट गरिन छ । अक्सनका लागि खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरिने आयोजक एनसिएल स्पोर्टका प्रबन्ध निर्देशक जयराज राय जानकारी दिए ।

अक्सनमा पछिल्लो दुई वर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिने छ भने राष्ट्रिय टिममा परेले बाहिरिएका खेलाडीलाई दोस्रो श्रेणीमा र क्षेत्रीय एवंम जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो श्रेणीमा राखिने प्रबन्ध निर्देशक रायले बताए ।

प्रतियोगिताको अक्सनमा पहिलो श्रेणीका खेलाडीको मुल्य ४० देखि ७५ हजार रुपैयाँ छ । यसतै दोस्रो श्रेणीका खेलाडीले अक्समानमा २५ देखि ५० हजार रुपौयाँसम्म मूल्य पाउने छन् भने तेस्रो श्रेणीका खेलाडीको मूल्य १५ देखि २५ हजारसम्म रहेको छ ।