°
, June 4, 2023 in

सन्दीपको पुनरागमनपछि उत्साहित नेपाली टिम युएईसँग खेल्दै

SHARE:

आईसीसी क्रिकेट विश्वकप लिग–२मा आज नेपाले घरेलु टोली युएईसँग खेल्दैछ । पुपवा न्युगिनी र युएई सम्मिलित सिरिजको दोस्रो खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा ११ः४५ बजे सुरु हुनेछ ।

नेपालले लिग टु मा लगातार पाँच खेल जित्दै कीर्तिमान बनाएर उच्च लयमा छ । शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो । यूएई भने पपुवा न्य गिनीसँग १३१ रनको फराकिलो रन अन्तरले पराजित गरेको थियो । त्यसअघि नामिबियाविरुद्धको दुई खेलमा यूएईले एक खेल मात्र जितेको थियो ।

सिधा हेर्दा अहिले नेपालले लगातार पाँच खेल जितेर लयमा छ । यूएई भने पछिल्ला खेलहरुमा संघर्ष गरिरहेको छ । लिग टु को पछिल्ला १० खेलमा यूएईले ६ खेल हारेको छ ।

युएईविरुद्ध मैदानमा उत्रँदा नेपाली टिम उत्साहित हुनेछ। स्टार लेगस्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन भएकाले नेपाली टिम उत्साहित भएको हो। उच्च अदालतले विदेश जान प्रतिबन्ध लगाएकाले सन्दीप नेपाली टिमसँथ युएई गाएका थिएनन्। तर गत आइतबार सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान दिने निर्णय गरेपछि सन्दीप मंगलबार युएई प्रस्थान गरेका छन्।

नेपाल आफ्नो लयलाई कायम राख्दै यूएईविरुद्ध खेल जित्ने लक्ष्यमा हुनेछ । उता यूएई पुनरागमन गर्ने लक्ष्यमा हुनेछ ।

लिग टु को शीर्ष तीनमा पुग्नै आगामी जुनमा जिम्बावेमा हुने विश्वकप छनोट खेल्ने लक्ष्यमा रहेको नेपाल र यूएई दुवैलाई आजको खेल उत्तिकै महत्वपूर्ण छ । दुवैले समान ७ खेल खेल्न बाँकी छ ।

हाल तेस्रो स्थानमा रहेको नामिबिया जसको ३९ अंक छ उसलाई पछि पार्दै तेस्रो स्थानमा रहन नेपाल र यूएईले बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । त्यसैले आजको खेल जित्दै ओडीआई मान्यता जोगाउने र शीर्ष तीनको यात्रालाई कायम राख्ने लक्ष्यमा नेपाल छ

नेपालले लिग टु को शीर्ष पाँचमा रहेर ओडीआई मान्यता जोगाउन ७ मध्ये ४ खेल जित्नैपर्नेछ । नेपालले लिग टु मा दोस्रो पटक यूएईसँग खेल्न लागेको छ । लिग टु मा नेपालले यसअघि यूएईलाई हराएको छैन ।

नेपालले यूएईसँग ९ खेल खेल्दा ४ खेल जितेको छ भने ५ खेलमा पराजित भएको छ। मोन्टी देसाइको आगमनपछि हयाप्पी ड्रेसिङ रुम मन्त्रसहित आत्मविश्वासी बनेको नेपाली टिमको ब्याटिङ लय अहिले राम्रो देखिएको छ ।

पहिलो खेलमा पपुवा न्यु गिनीसँगको लय कायम राख्दै यूएईविरुद्ध २ अंक जोड्ने लक्ष्यमा नेपाल छ ।

SHARE: