°
, May 30, 2023 in

लाओसमाथि नेपालको जित, अनन्त र नवयुगले गरे गोल

SHARE:

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितको उद्घाटन खेलमा नेपाल विजयी भएको छ। बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपालले लाओसमाथि २–०को जित निकालेको हो।

योसँगै नेपालले लाओसमाथि ९० मिनेटको समयमा पहिलो पटक जित निकलोको छ । तीन भेटमा नेपालको दोस्रो जित हो । यसअघि नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा लाओसलाई पेनाल्टीमा हराएको थियो भने त्यसअघि भएको मैत्रीपूर्णको बराबरी खेलेको थियो।

नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठ गोल गरे । नेपालले लाओृसविरुद्ध दुवै हाफमा समान १ गोल गरेको थियो ।

पहिलो हाफको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । उनले नवीन लामाको कर्नरमा हेडिङमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

नवयुगले खेलको ५६औं मिनेटमा लामो दुरीबाट भली गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए।

खेलमा दुवै टिमले गोलका अन्य अवसर पनि सिर्जना गरेका थिए। त्यसलाई सदुपयोग गर्न सकेनन्।  

थ्री नेसन्स कपमा नेपाल र लाओससँगै भुटान पनि सहभागी छ। सिंगल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्।

अब नेपालले दोस्रो खेल चैत १४ गते भुटानसँग खेल्ने छ।

SHARE: