आईसिसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईलाई हराउँदै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। यस्तै, बाँकी दुईखेलमा जित निकाल्न सके नेपाल एकदिवसीय विश्वकप छनोटमा पनि पुग्ने छ ।
आइतबार कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा स्पिनर ललित राजवंशीले घातक बलिङ गरेपछि नेपालले युएईमाथि १७७ रनको फराकिलो जित निकाल्यो। नेपालको यो एकदिवसीय खेलको फराकिलो हो । पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमा अलआउट भयो ।
युएईका आयन खानले सर्वाधिक अश्वनाथ भालथापाले १४ र कार्तिक्य मयप्पनले ११ रन बनाउनु बाहेक अन्यले सर्वाधिक दोहोरो अंका स्कोर बनाउन सकेनन्।
युईलाई सस्तैमा समेट्ने क्रममा ललितले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए। यस्तै, सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।
कीर्तिपुरस्थित टीयू मैदानमा खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपाली ब्याटर पूरै ५० ओभर ब्याटिङ टिक्न सकेनन् ।
कप्तान रोहित पौडेलले ओडीआईमा आठौं अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ७७ रन बनाए । ११२ बल खेलेका उनले ९ चौका हाने ।
आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे ।
ओपनर आसिफ शेख खाता नखोली दोस्रो ओभरमा आउट भए । कुशल भुर्तेल ८ र कुशल मल्ल ९ रन बनाएर आउट भए । २२ रनमै ३ विकेट गुमाएको अवस्थामा रोहितले भीमसँग चौथो विकेटका लागि ५४ र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे ।
भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । आरिफ शेखले ५२ बल खेल्दै ५ चौका मद्दतमा ४३ रन बनाए ।
रोहित ३८औं ओभरमा आउट भएपछि आरिफले गुल्शन झासँग मिलेर छैटौं विकेटका लागि ३० रनको साझेदारी गरे । आरिफ ४३औं ओभरमा आउट हुँदा नेपाल १९२९६ को अवस्थामा थियो । तर गुल्शन र दीपेन्द्रले आक्रामक ब्याटिङ गर्दै सातौं विकेटका लागि ४८ रनको साझेदारी गरे ।
४८औं ओभरमा आउट भएका गुल्शनले ३२ बल खेल्दै १ चौका र ३ छक्का मद्दतमा ३७ रन बनाए ।
त्यसपछि नेपालले लगातार विकेट गुमायो । सन्दीप लामिछाने २ रनमा आउट भए । दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सन्दीप र दीपेन्द्र ४९ औं ओभरमा आउट भए । सोमपाल कामी अन्तिम ओभरमा २ रनमा आउट भए ।