युवा खेलाडी निको विलियम्सले निर्णायक गोल गरेपछि वेल्स विजयी भएको छ । आइतबार राति भएको खेलमा विलियम्सको गोल मद्दतमा बुल्गेरियालाई १–०ले पराजित गर्दै वेल्सले युइएफए नेसन्स लिगमा लगातार दोस्रो जित निकालेको छ ।
कार्डिफ सिटी स्टेडियममा दोस्रो हफाको खेलको इन्जुरी समयमा लिभरपुलका युवा खेलाडी विलियम्सले गोल गर्दै वेल्सलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । यसअघि पहिले खेलमा पनि वेल्सले फिनल्यान्डलाई १–ले हराएको थियो ।
नेसनस लिगको लिग बी समूह ४ मा लगातार दोस्रो जितसहित वेल्स शीर्ष स्थानमा छ । चारको वेल्स समूहको शीर्ष स्थानमा रहेको छ । यो समूहमा फिनल्यान्ड, आयरल्यान्ड र बुल्गेरिया छन् ।
यसैगरी आइतबार राति नै भएको खेलमा फोर्स आइसल्यान्डले एन्डोरालाई १–०ले पराजित गरेको छ । आइसल्यानडको जितमा क्लेसिन्ट ओल्मिन्टले ३१औं मिनेटमा निर्णायक गोल गरेका थिए ।