महिला भलिबल टिमलाई नेकोसले सम्मान गर्ने

Read Time:1 Minute

एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको विजेता नेपाली महिला भलिबल टिमलाई नेपाल खेलकुद महासंघ (नेकोस)ले नगदसहित सम्मान गर्ने भएको छ। नेकोसले खेलाडी तथा टिमलाई प्रोत्साहन स्वरुप फागुन ७ नगदसहित सम्मान गर्ने जनाएको छ ।

काठमाडौंमा आइतबार सम्पन्न नेकोसको सातौं केन्द्रीय पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । गत पुस १३ गते बंगलादेशको ढाकामा सम्पन्न सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको फाइनलमा नेपालले उज्वेकिस्तानलाई हराएर उपाधि जितेको थियो ।

बैठकले अफ्रिकन मुलुक मरिसविरुद्धको मैत्रीपूर्ण खेलको विजेता नेपाली फुटबल टिम र ब्याडमिन्टनको विश्व वरियतामा जुनियरतर्फ शीर्षस्थानमा रहेका प्रिन्स दाहाललाई बधाईसमेत दिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नटिंघम फरेस्टसँग हारेपछि लेस्टर प्रशिक्षक रोजर्सले भने– खेलाडीले आफ्नो अनुहार ऐनामा हेर्नुपर्छ
Next post विश्वकप छनोट खेल्न ओमान जाँदै नेपाली टिम
Close