मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले अग्रता कायम गरेको छ। दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले १–०को अग्रता लिएको हो।
नेपाललाई सुजल श्रेष्ठले अग्रता दिलाए । उनले खेलको १०औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए।
उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए। सुजलको यो राष्ट्रिय टिममा ६ वर्षपछि गोल गरेका हुन्। सुजलले साेलिडारिटी कपकाे फाइनलपछि पहिलाेपटक गाेल गरेका हुन्।
खेलमा पछि परेलगत्तै मोरिससले बराबरी गर्ने सुन्दर अवसर खेरफाल्यो। १२औं मिनेटमा प्राप्त पेनाल्टी नेपालका कप्तान तथा गोलकिपरले उत्कृष्ट बचाउ गरे।
दिनेश राजवंशीले मोरिससका खेलाडीलाई डिबक्समा लगाएपछि मोरिससले पेनाल्टी पाएको थियो।
खेलमा दुवै टिमले अन्य गोलका अवसर सिर्जना गरे पनि गोल भने हुन सकेन।