दशरथ रंगशालामा जारी दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुरुआतमै अग्रता लिएको छ। अफ्रिकी मुलुक मोरिसविरुद्ध नेपालले १०औं मिनेटमा अग्रता लिएको छ।
नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दैं टिमलाई अग्रता दिलाए । उनले डिबक्स भित्रबाट आशिष लामाले उपलब्ध गराएको पासमा नजिकैबाट गोल गरेका थिए।
दुई मैत्रीपूर्ण खेलका लागि मोरिस नेपाल आएको हो । गत शनिबार भएको पहिलो खेलमा नेपाल १–०ले विजयी भएको थियो।