करातेमा नेपालले जित्यो ७ स्वर्ण

घरेलु मैदानमा अयोजित १३औं दक्षिण एसियाली खेलकुद (साग)को पहिलो दिन नै नेपालले करातेमा ७ स्वर्ण पदक जितेको छ । सोमबार कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपाले करातेमा थप २ कास्य पनि जितेको छ ।

नेपालका लागि टिम कातामा महिला र पुरुष दुवैले स्वर्ण जिते । सिंगलतर्फ पुरुष सिनियरमा काजी श्रेष्ठले स्वर्ण जित्दा पुरुष कुमुतेतर्फ लक्ष्मण तामाङले ५५ केजी र विप्लबलाल श्रेष्ठले ८४ केजीमा स्वर्ण जिते ।

यस्तै, महिलातर्फ ४५ केजीमुनिमा कुसुम खड्काले स्वर्ण जितन् भने ५० केजीमुनिमा अनु अधिकारीले नेपाललाई स्वर्ण दिलाइन् ।

पुरुष टिम कातामा काजी श्रेष्ठ, महसुस मोक्तान र प्रविन मानन्धरको जोडीले स्वर्ण जित्दा महिलातर्फ निर्मला तामाङ, सरु कार्की र संगीता मगरको जोडीले स्वर्ण जिते ।

चञ्चला र दिवसले जिते रजत

आज भएका करातेका ९ स्पर्धामा नेपालले ७ स्वर्णका अलावा २ रजत पनि जित्यो । कुमुतेतर्फ पुरुषमा दिवस श्रेष्ठ र महिलातर्फ चञ्चला दनुवारले रजत जिते ।

सोमबार सातदोबाटोस्थित कराते प्रशिक्षण केन्द्रमा भएको खेलमा चञ्चला फाइनलमा पाकिस्तानकी सइदासँग ४२–२५ लेपराजित भइन् भने दिवस पनि पाकिस्तानका अवाइस मोहम्मदसँग पराजित भए ।