राष्ट्रिय फुल कन्ट्याक्ट करातेमा आर्मिको क्लिन स्विप

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको स्वर्ण जित्दै नेपाल आर्मीले क्लिन स्विप गरेको छ ।

आर्मीका सनीसिंह सुनारले पुरुष खुला तौलसमूहको फाइनलमा आर्मीकै विकास गुरुङलाई पराजित गर्दै च्याम्पियन बने । केन्द्रीय डोजोका महेश भुजेल तेश्रो भए ।

यस्तै, महिलाको खुलार्फ आर्मीकी मन्जु विकले आर्मीकै शान्ति थापा मगरलाई पराजित गर्दै स्वर्ण जितिन् । लुम्बिनीकी सिर्जना थापा मगरले तेश्रो स्थान हात परिन् ।

नेपाल क्योकुसिन कराते डो संघ, वज्रद्वारा आयोजित सो प्रतियोगितामा पहिलो हुनेलाई ३० हजार, दोश्रोलाई १५ हजार र तेश्रोलाई ७ हजार ५ सय नगदले पुरस्कृत गरिएको थियो ।

महिला ५५ केजीमुनिको स्पर्धामा पनि आर्मीले नै स्वर्ण कब्जा ग¥यो । आर्मीकी अनुपमा नेपालीले फाइनलमा केन्द्रीय डोजोकी झलकुमारी महतोलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । भकुण्डेबेसीकी प्रीति तामाङले तेश्रो स्थानमा चित्त बुझाइन् ।

महिलाका दुवै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार पाए । दुईदिन चलेको प्रतियोगितामा ६३ खेलाडीले विभिन्न ३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP