°
, May 29, 2023 in
0

नेपाल ब्यायाम मन्दिरको साधारण सभा सम्पन्न

SHARE:

नेपालकै जेष्ठ खेलकुद संस्था नेपाल ब्यायाम मन्दिरको वार्षिका साधारण सभा फागुन ८ गते शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

कोभिड १९ का कारण अघिल्लो बर्ष हुन नसकेको १९औं साधारण सभालाई समेत समेट्दै १९औं र २०औं साधारण सभाको रुपमा भएको साधारण सभाले संस्थालाई चुस्त दुरुस्त राख्दै प्रजातान्त्रिक रुपमा अघि बढ्ने उद्धेश्यले बिधानमा रहेको विभिन्न बाधा अवरोधलाई हटाई परिमार्जन गर्ने निर्णय गर्दै विधानमा संसोधन गर्ने निर्णय गरेको छ ।

यस्तै साधारण सभाले महासचिव सुर्यप्रसाद जोशीद्वारा प्रस्तुत बार्षिक कार्य प्रगती बिवरण र आगामी योजना तथा कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक बर्ष ०७५÷७६ र ०७६÷०७७ को आय ब्ययलाई प्रश्नोत्तर र छलफल बाट अनुमोदन गरेको छ । यसैगरि ब्यायाम मन्दिरले संस्थाको मानार्थ सदस्यहरुलाई मनोनयन गरिएकोमा उक्त निर्णयलाई समेत भेलाले अनुमोदन गरेको छ ।

लामो समय देखि नेपाल ब्यायाम मन्दिरको बिकास र बिस्तारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउँदै आएका ब्यवसायी तथा समाजसेवी बिद्या सागर तुलाधर, टेली टकका कार्यकारी प्रमुख संजय अग्रवाल, डाईट नेपालका प्रवन्ध निर्देशक निशान्त प्रधान, फिटनेश च्वाईसका प्रवन्ध निर्देशक उत्तम सिलवाल, ब्रिटिश गोर्खाली सेभिङ्ग एण्ड क्रेडिटका चेयरम्यान जनम लामा, कामनपा २७ वडाका सदस्य तथा समाजसेवी नरेश महर्जन, ब्यवसायी तथा समाजसेवी राज कुमार तण्डुकार र ईचङ्गु का पूर्व वडा ७ का अध्यक्ष हरि कृष्ण लामालाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल ब्यायाम मन्दिरको ज्याठास्थित आफ्नै हलमा भएको साधारण सभाको कार्यक्रमा संस्थालाई विभिन्न माध्ययमबाट बिकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न ब्यक्तित्वहरुलाई नगद सहित सम्मान गरेको छ । जसमा लाईफटाईम अचिभमेन्ट अवार्डबाट संचालक समितिका सदस्यद्वय गोविन्द चित्रकार र वर्णबहादुर श्रेष्ठलाई नगद ५५ हजार ५ सय ५५ का साथ दोसल्ला र सम्मान पत्रबाट सम्मान गरिएको छ ।

यसैगरी खेलाडीहरु राम बहादुर दाहाल र रजनी श्रेष्ठलाई नगद ४० हजार, डेभिड बलामी र सरोज श्रेष्ठलाई नगद १० हजार, टिम ब्यवस्थापक मनोज श्रेष्ठ र ब्यायाम मन्दिरका सहयोग विजय रत्न बज्राचार्यलाई नगद ७ हजार सहित सम्मान पत्रले सम्मान गरेको छ ।

नेपाल ब्यायाम मन्दिको नियमित सम्मानको रुपमा रहेको सन्तती कदरपत्रबाट टोल प्रतिनिधी तथा नेपाल ब्यायाम मन्दिरको साधारण सदस्य श्री त काजी प्रजापतीकी सन्तती सुपुत्री रोजिना प्रजापती महर्जनलाई सम्मान गरिएको छ । साधारण सदस्य मध्येबाट संचालक समितिले कोषाध्यक्ष श्री प्रशान्त सिंहलाई बिशेष सम्मान गरेको छ ।

खेलकर्मी पत्रकार सम्मानित

नेपाल ब्यायाम मन्दिरले साधारण सभाका दौरान खेल पत्रकारलाई पनि सम्मान गरको छ । खेल पत्रकारिताको माध्ययमबाट ब्यायाम मन्दिरले गर्दै आएका संचारकर्मी कविरस शर्मा र राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार शाखाका दामोदर अर्याललाई नगद १० हजार सहित सम्मान गरिएको थियो । सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभाका सांसद पूर्व रक्षामन्त्री भिमसेन दास प्रधानले सम्मान पत्र प्रदान गरेका थिए ।

SHARE:

Leave a Reply

Your email address will not be published. Required fields are marked *