एसियन सेन्ट्रल जोन भलिबल : बंगलादेशलाई हराउँदै नेपाली महिला टिम फाइनल नजिक

Read Time:1 Minute

बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले सानदार प्रदर्शन गरिरहेको छ। प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा नेपाली महिला टिमले आयोजक बंगलादेशलाई ३–०को सोझो सेटमा हरायो।

शनिबार भएकाे खेलमा तुलनात्मक कमजोर टिम बंगलादेशमाथि नेपालले २५–५, २५–१५ र २५–१७ को सेटमा जित निकाल्यो ।

प्रतियोगितामा नेपाली महिला टिमको यो लगातार तेस्रो जित हो। यसअघि नेपालले श्रीलंकालाई ३–२ले हराएको थियो भने माल्दिभ्समाथि ३–०को जित निकालेको थियो।

लागतार तेस्रो जितसँगै नेपालले फाइलन पुग्ने सम्भावना बलियो बनाएको छ। ६ टिम सहभागी प्रतियोगिताका लिग चरणका शीर्ष दुई टिम फाइनल पुग्नेछन्। नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले ३ खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ।

अब नेपालले आइतबार उज्वेकिस्तानको सामना गर्नेछ।

नेपालको पुरुष टोलीले आजै श्रीलंकासँग खेल्ने छ। खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिगमा आज महाभीडन्त : मनाङ र मछिन्द्र भिड्दै
Next post च्यासलमाथि हिमालयन शेर्पाको जित
Close