लगातार तेस्रो जितसँगै नेपाल एसिसी प्रिमियर कपकाे सेमिफाइनलमा, हङकङलाई ८ विकेटले हरायो

15 Apr, 2024

ओमानमा जारी एसिसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले सानदार जित निकालेको छ। अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाली बलर चम्किएपछि नेपालले हङकङलाई ८ विकेटले हरायो।

प्रतियोगतामा नेपालको यो लागतार तेस्रो जित हो। लगातार तेस्रो जितसँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। यता, ३ खेलमा दोस्रो हार व्यहोरोको हङकङको भने सेमिफाइनल सम्भावना कमजोर बनेको छ।

पहिला ब्याटिङ गर्दै हङकङले दिएको ११५ रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभर २ विकेटको क्षतिमा भेट्टायो। सामान्य लक्ष्य छ्याएको नेपाललाई दुवै ओनपर आसिफ सेख र कुशल भुर्तेलते पावरप्लेमै ७० रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाए।

आसिफले १८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४० रन बनाए भने कुशलले १८ बलमा ३ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले २० बलमा २५ र सन्दीप जोराले १७ बलमा १९ रन बनाए।

बलिङमा हङकङका इशान खान र यसिम मुर्ताजाले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १७.५ ओभरमा ११४ रनमै अलआउट भयो। उसका लागि अंशुमन रथले सर्वाधिक ३४ रन बनाए। उनले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। त्यो हङकङको इनिङको एकमात्र छक्का हो।

यस्तै, जिशन अलीले १४, कप्तान निजकात खानले १२ र इशान खानले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका अविनाश बोहराले ४ ओाभरमा २९ रन खर्चेर ३ विकेट लिए । यस्तै, किफायति बलिङ गरेका ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन मात्र खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले ५ बलमा ६ रन खर्चेर २ विकेट लिए।